माधव नेपाल समूहको बैठकः एकता भाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण

admin

काठमाडौं, १८ साउन : नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ ।

सोमबार काठमाडौंमा बसेको सो पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो ।

बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिदा शव्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताउनुभयो । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरुले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको उहाले बताउनुभयो ।

नेता पन्तले अव छिटै एमाले अध्यक्ष केपीओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने जानकारी दिनुभयो । उहाले एमालेलाई एकतावद्ध गर्न अधिकतम प्रयास भइरहको बताउनुभयो ।

गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । यसबीचमा दुवै पक्षका नेताहरुले आन्तरिक छलफललाई भने निरन्रता दिएका छन् ।

प्रतिक्रिया