मानसिक एवं मनोसामाजिक सु-स्वास्थ्यको राष्ट्रिय अभियानमा लागेपछि के फाईदा मिल्छ ?

अस्मिता बेल्बासे
  • गोपाल ढकाल मनोविद,
    मार्क नेपाल मनोसेवा केन्द्र

काठमाडौं, मनोसामाजिक समस्या, मनोरोग, आ’त्म’ह’त्या जस्ता समाजका जटिल समस्याहरुलाई न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आवश्यकता हो । यस कुरालाई मध्य नजर गर्दै जनस्तरबाट नै मानसिक एवं मनोसामाजिक सु-स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको शुरुवात गरिएको हो ।

विश्व मानसिक स्वास्थ्य दिवस २०७३ मनाउने क्रममा, स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष कार्यक्रमकाबिच तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय गगन कुमार थापाले यो अभियानको शुरुवातत गर्नु भएको थियो ।

मानसिक तथा मनोसामाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माणका लागि हाम्रो योगदान भन्ने नारा तय गरेको छ । मनोविज्ञान र मानसिक स्वास्थ्य क्षेत्रको सम्वर्द्धन, प्रवर्द्धन र विकास तथा आ’त्म’ह’त्याको रोकथामका लागि सबैको साथ र सहकार्यको जरुरत पदर्छ । यो सबैको सरोकारको बिषय बन्नु पर्दछ। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सिमित संघ संस्था र व्यक्तिको प्रयासले मात्र यो सम्भव देखिदैन ।

स्वास्थ्यकर्मी, पत्रकार, कलाकार, शिक्षक, विद्यार्थी, उधोगी, व्यवसायी, समाजसेवी, अभियान्ता जस्ता सबै पेश, वर्ग र समुदायका व्यक्तिहरु यो अभियानमा आवद्ध हुन सक्नेछन् । यसमा सबैले आ-आफ्नो तहबाट आफुले सकेको योगदान स्वैच्छिक रुपमा गर्नुपर्ने हुन्छ ।

यस अभियानमा प्रवेशका गर्नका लागि अन्य अभियान्ताहरुले हामीलाई सिधै सम्पर्क गर्न सकिनेछ । अभियानमा संलग्न भई कार्यगर्ने प्रतिवद्धता जनाएसँगै अभियान्ताको नाम र ठेगाना अनुसार अभियान्ताको डिजिटल प्रमाण पत्र प्रदान गरिनेछ । जुन अभियानको अफिसियल फेसबुकमा समेत राखिनेछ ।

अभियानमा आफ्नो दायित्व के के हुन्छ ?
– आफ्नो क्षेत्र र क्षमता अनुरुप अभियानका लागि गर्न सक्ने योगदानको बारेमा सार्वजनिक रुपमै प्रतिवद्ध व्यक्तगर्नु पर्नेछ ।
– यो अभियानमा संलग्न भएको जानकारी आफ्नो प्रमाण पत्र सहित सोसियल मेडियाबाट सार्वजनिक गर्नुपर्छ । ताकी तपाईंलाई अभियान्ताको रुपमा सबैले चिन्न सकुन र आवश्यकता पर्दा भेटन जानकारी लिन तथा सहयोग माग्न सकुन ।
– आफुले गरेको कार्यको अवगत अभियानको फेसबुक पेजमा पोष्ट गरि सबैलाई गराउनु पदर्छ । अभियानका गतिविधिहरुलाई धेरै माझ पुर्‍याउन अभियानको पेज लाईक गर्ने र पोष्टहरु सेयर गर्ने गर्नु पर्दछ।
– आफ्नो कारणले अरुलाई नकारात्मक असर नपुगोस भनेर सधै सचेत रहनुपर्छ । मनोसामाजिक समस्या, मानसिक स्वास्थ्यका बिषयमा आफ्नो ज्ञान बढाउदै लैजानुपर्दछ । यस बिषयमा विज्ञले लेखेका लेख, अन्तर्वार्ता आदि नियमित रुपमा पढने र सुन्ने गर्नुपदर्छ ।
– समस्या परेका व्यक्तिहरुलाई सकेको मद्दत गर्ने उनीहरुको कुरा सुन्ने, उपचारमा सक्दो पहल गर्ने, यस क्षेत्रमा कार्यरत विज्ञहरुसँग सम्पर्क स्थापित गर्न मद्दत पुर्‍याउनु पर्दछ ।
– अभियानले गरेका कार्यक्रमका बारेमा जानकारी लिईरहने तथा अभियानले आयोजना गरेका कार्यक्रमहरुमा सहभागीता जनाउनु पर्दछ ।

यस अभियानमा लागेपछि के फाईदा मिल्छ ?
– मनोसामाजिक समस्या तथा मानसिक स्वास्थ्यका बिषयमा आफैमा ज्ञान र चेतना वृद्धि गर्ने मौका मिल्नेछ ।
– मानसिक स्वास्थ्य तथा आ’त्म’ह’त्या रोकथामका बिषयमा अभियानले बेला बेलामा निशुल्क तालिम प्रदान गर्नेछ । जसमा भाग लिन सकिनेछ ।
– सम्भावना धेरै भएको क्षेत्र भएकोले यसैमा आफ्नो करियर बनाउन सक्नु हुनेछ ।
– अभियानले उपलब्ध भए सम्म मानसिक स्वास्थ्य र मनोविज्ञान बिषयमा पाठ्य सामाग्री उपलब्ध गराईनेछ ।
– सामुहिक रुपमा कार्यगर्ने क्षमताको विकास हुनेछ । विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुसँग परिचित हुने मौका मिल्नेछ ।
– यहाँहरुले गरेको कार्यको उच्च मुल्यांकन गर्दै बेला बेलामा सम्मानित गरिनेछ ।
– मानसिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण गर्ने पबित्र उदेश्य लिएर शुरु गरिएको अभियान भएकाले यसमा जोडिएर कार्य गर्दा पक्कै आ’त्मसन्तुष्टि मिल्नेछ ।

हामीले गरेको सानो सहयोगले कसैको जीवन जोगाउन पनि सक्छौ । हामी कसैको पिडामा मलमपट्टी बन्न पनि सक्छौ । आउनुहोस् मानसिक स्वास्थ्यको बारेमा कुराकानी गरौं । छलफल चलाउ । हामी सबैजना सहकार्य गरेर अगाडि बढौं ।

प्रतिक्रिया