मानिसको जस्तै रगत आउने सदावहार हरियो रुख, जसबाट उपचारका लागि औषधि बनाइन्छ !

admin

एजेन्सी, ३० माघ : के तपाईलाइ पत्याउनुहुन्छ विश्वमा मानिसको जस्तै रगत बग्ने रुख हुन्छ भनेर ? मानिसको रगत जस्तो तरल पदार्थ आउने रुखको नाम ड्रागन हो । ड्रागन रुखसँग अचम्म र अद्वितीय विशेषता छ । यो विश्वकै फरक प्रजातीको रुख हो । ड्रागन रुखसँग अचम्म र अद्वितीय विशेषता छ । यसको बाहिरी आकार विशिष्ट छ । यसका पातहरु हाँगाको टुप्पोमा बाक्लो छाता जस्तै आकारमा रहेका हुन्छन् ।

उक्त रुखलाई काटिएको खण्डमा यसबाट मानिसको रगत जस्तो रातो तरल, र्‍याल आउछ, जसको कुनै गन्ध र स्वाद हुँदैन । यो चट्टानी मैदान र उच्च भेगमा पाइन्छ । यो सदावहार हरियो हुन्छ । जसकारण यसले धेरै वर्षसम्म पानी संरक्षण गरेर राख्न सक्छ । यस्ता रुखहरु आइसल्याण्ड र पश्चिमी मोरक्कोको नजिकै पाइन्छन् । यिनीहरु अरेबियन समुन्द्रमा अवस्थित छन् ।

यो रुखमा एन्टि-अक्सिडेन्ट फिनोलहरु र एन्टि-ज्वलनशील यौगीकहरु हुने भएकाले यसबाट मानिसको रगत जस्तो तरल पदार्थ आउछ । यसबाट आउने र्‍याल जस्तो तरलमा प्रभावकारी पदार्थ रहेको हुन्छ, जसलाई डार्को भनिन्छ । यो स्वस्थ्य समस्या समाधान गर्न धेरैजसो चिकित्सा क्षेत्रमा प्रयोग हुन्छ । यो औषधि उद्योगको एक भाग हो । यसबाट निम्न उपचारका लागि औषधि बनाइन्छ ।

१- जलेको ठाँउमा लगाउन
२- घाउ निको पार्न
३- पेटसम्बन्धि रोगहरु उपचार ग
४- शरीरको कुनै भागबाट बगिरहेको रगत रोक्न
५- छाला रोगको उपचार गर्न

र्नडार्को अरु केही उद्योगहरुमा पनि प्रयोग गरिन्छ । यो मन्जन, मसि, पोलिश बनाउन, ऊन र मार्बलमा रंग लगाउन र लिपिस्टिक उद्योगहरुमा पनि प्रयोग हुन्छ । यो रुखले रातो मह बनाउछ जो विश्वमै सबैभन्दा बढी महंगो र स्वास्थ्यकालागि फाइदाजनक छ । यसको पातहरु डोरी बनाउन प्रयोग गरिन्छ ।

यस्तै, अर्को पनि एउटा यस्तो वनस्पती छ जसलाई काट्दा मानिसको शरीरबाट निस्किने झैँ रातो ‘रगत’ निस्किन्छ । यो रहस्यमय तथा चमत्कारी वनस्पती दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशमा पाइन्छ । यो रुखको नाम नै ब्लड उड ट्री अर्थात् रक्तकाष्ठ वनस्पती हो ।

साथै स्थानीय स्तरमा यसलाई किआट मुकवा तथा मुनिंगाको नामबाट पनि चिनिन्छ । यो वनस्पतीको वैज्ञानिक नाम सेरोकारपस एंगोलेनसिस हो । यो रुखको काण्डलाई काट्दा मात्र होइन यसको हाँगा भाँचिदा समेत रगत जस्तै गहिरो रातो तरल पदार्थ निस्किन्छ ।

यो वनस्पती वयस्क अवस्थामा १८ मिटर सम्म अग्लो हुन्छ । यसका पातहरु निकै घना हुनुका साथै छाता आकारमा रहेका हुन्छन् । यसमा पहेँलो फूल फुल्दछ । यो रुखको काठलाई निकै महंगा फर्निचर बनाउन प्रयोग गरिन्छ । किनकी यसको काठ सजिलैसँग मोड्न सकिन्छ भने धेरै पसांगिने समस्या पनि हुँदैन ।

प्रतिक्रिया