‘मायालुलाई जात्रैमा भेटियो’ मा मिरुना र राजको केमेस्ट्रि यस्तो देखियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। फिल्म ‘साइनो’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’ गीतको भिडियो सार्वजनिक गरिएको हो । चेतन कार्कीको शब्द तथा बसन्त सापकोटाको संगीतमा गीतलाई मेलिना राई र प्रताप दासले स्वरबद्ध गरेका छन् ।

गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र राजकुमारले फिचरिङ गरेका छन् । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ, भने बनिष शाहको सम्पादन रहेको छ ।

फिल्मलाई भुवन चन्द थापाले निर्माण गरेकी हुन् । फिल्ममा निता ढुङ्गाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदेश श्रेष्ठ, रोयपीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगाएतको मुख्य भुमिका रहेको छ ।

फिल्मलाई अभिमन्यु ‘निरवी’ले लेखेका हुन्, भने रमेश थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया