‘माया गर्ने मान्छे’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, ११ साउन : गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई विशाल (माइलो) ले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन् । भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन् । अडियो र भिडियो दुवै उत्कृस्ट बनेको कारण दर्शक श्रोताले मन पराउने आशावादीमा रहको गायिका अस्मिता परियारले बताइन् ।

यसअघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिताले चलचित्रमा पार्श्व गायन समेत गरि सकेकी छिन् । भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । ट्री इन्टरटेन्टमेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरि सकेको छ ।

प्रतिक्रिया