माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदीब भ्रष्टाचारमा दो’षी, २० वर्ष जे’ल

admin

एजेन्सी : भ्र’ष्टाचा’रको आरोप लागेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई अदालतले २० वर्ष जेल सजायको फैसला गरेको छ। भ्र’ष्टाचार, अ’वैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको भन्दै अदालतले पूर्व उपराष्ट्रपति अदीबलाई त्यहाँको अदालतले उक्त सजाए सुनाएको हो ।

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई ब’म प्र’हार गरी ह’त्या गर्न खोजेको आरोपमा उनलाई प’क्राउ गरी जे’लमा राखिएको थियो।

उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन लिएर राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो।

अदीबलाई सुनाइएको २० वर्षको सजाय उनले गरेको अ’परा’धको लागि अझै न्यून भएको अदालतका एक अधिकारीले बताएका छन्।

प्रतिक्रिया