माल्दीभ्सका राष्ट्रपति भारत भ्रमणमा

कृष्ण रोकाया

नयाँदिल्ली, २ पुस : भारत भ्रमणमा रहनुभएका माल्दीभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गर्नुभएको छ ।

राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुग्नुभएको हो ।

राष्ट्रपति भवनमा आयोजित स्वागत समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनुहुन्थ्यो ।

माल्दीभ्सका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा द्वीपक्षीय छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । उक्त छलफल पश्चात दुई देशबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । (रासस/एएनआई)

प्रतिक्रिया