मास्क लगाए जरिवानासहित जेल

admin

काठमाडौं, असोज १८ : हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो । नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद हुन सक्नेछ ।

विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क निषेधको नीति लिएको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया