मिठो निन्द्रा चाहानुहुन्छ ? साँझमा गर्नुहोस व्यायाम

रिता घिसिंग

एजेन्सी : राम्रो मसलका लागि व्यायाम गर्ने कुरा त सबैलाई थाहै छ । तर राम्रो निद्राका चाहिएमा पनि व्यायामले सहायता गर्छ भन्ने कुरा धेरैका लागि नौलो हुन सक्छ । निद्रामा ध्यान दिएन भने मांसपेशीको विकास हुन पाउँदैन । अधुरो निद्राले सम्पूर्ण स्वास्थ्यलाई नै असर पार्छ ।

इन्स्टिच्युट अफ ह्युमन मुभमेन्ट सायन्स एन्ड स्पोर्टका अनुसन्धानकर्ताहरूले सुत्नुभन्दा चार घन्टाअघि व्यायाम गर्दा गजबको निद्रा आउने बताएका छन् ।

उनीहरूले बेलुका व्यायाम गर्दा वा खेल खेल्दा स्लीप क्वालिटीमा सकारात्मक प्रभाव पर्ने बताए ।

अनेकौं अनुसन्धानका संयुक्त आँकडाले के देखाए भने साँझमा व्यायाम गर्ने मानिसले आफ्नो सम्पूर्ण निद्रा अवधिको २१.२ प्रतिशत समय गहिरो निद्रामा बिताउँछन् । अनि साँझमा व्यायाम नगर्नेहरूको हकमा यो समय १९.९ प्रतिशत मात्र रह्यो ।

यसो हेर्दा त यो अन्तर कमै हो जस्तो लाग्छ तर यसलाई निकै महत्त्वपूर्ण मान्नुपर्छ । शरीर पुनर्ताजगी गर्नका लागि गहिरो निद्रा आवश्यक हुन्छ । तर सुत्नुभन्दा एक घन्टाअघि मात्र व्यायाम गर्दा चाहिँ निद्रा बिग्रने सम्भावना हुन्छ ।

प्रतिक्रिया