मिडियामा टिकाको फेरी यस्तो गर्जन, गरे अहिले सम्म कै पृथक धर्मको विकास [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। टिका राम बुढाथोकी सबैले सुनिरहेकै नाम हो। टंक बुढाथोकीको दाई भनेर मिडियासामु चिनिनु भन्दा पनि उनले टिका राम बुढाथोकी भनेर नै चिनिन स्वीकार गरे त्यसैले होला सायद उनी धेरै पछि उग्र रुपमा मिडियामा प्रस्तुत भएका थिए। अशोक दर्जी जो एकाएक भाइरल भए उनकै प्रसंगमा जोडिएर टंकले धेरै अन्तर्वार्तामा दर्शकका जिज्ञासा मेटाए। कहिकतै उनी केहि प्रश्नले भावुक समेत भए। उनलाई प्रसंशा साथसाथै आलोचना पनि आयो।

प्रसंशा स्वीकार्य भैराख्दा आलोचना खप्न सकेनन् टंकले। अनि मिडियामा आउन बाध्य भए टिका राम बुढाथोकी। नत्र त त्यो भन्दा अघि सायद कसैलाई थाह नै थिएन होला कि टंकका एक दाजु छन् जो यसरी गर्जिन्छन् मानौ अब मुसलधारे पानी पर्दैछ। सबैको आलोचना र प्रश्नको कडक जवाफ दिन जरूरी छ सोचेरै पुरा योजनाका साथ उनी मिडियामा आए। आलोचित विषयवस्तुमा कडा जवाफको साथ प्रस्तुत भए।

यो अशोक दर्जी काण्डले अशोक दर्जी मात्र होइन उनी आफै पनि भाइरल भए । उनका सकारात्मक पक्ष सँगसँगै नकारात्मक पक्ष पनि यसरी बाहिरियो कि यसले टिका र टंकलाई झनै असर पुर्यायो। होला देख्दा उनीहरुमा केहि असर नपुगेको देखिएता पनि पछिल्ला केहि घटनाक्रमका कारण मानसिक रुपमा केहि हद सम्म असर परेको कुरा सजिलै आंकलन गर्न सकिन्छ।

अहिले यी सबै कुरा सेलाएको छ। अशोक दर्जीको घर बनिसकेको छ। अशोकका परिवारले कल्पनासमेत नगरेको सुखी जीवन बिताइरहेका छन्। अशोक काठमाडौँ पढ्छन्। बेलाबेला आफ्नो घर जान्छन्, रमाउछन् अनि आउछन्। यसरि नै बितेका छन् अचेल अशोकका दिनहरु। टंक फेरी आफ्ना संगीतका काममा फर्केका छन्। अनि टिका पनि आफ्नै कम्पनि सम्हाल्न व्यस्त छन्।

व्यस्तताको जीवनमा पनि उनलाई अझै मिडियाले पच्छाईरहेको हुन्छ र उनले मिडियालाई समय दिई नै रहेका हुन्छन्। टिकाको अहिले आफ्ना फ्यान फलोवर र आलोचक आधाआधा भएको हामी सबैले उनलाई आउने प्रतिक्रियाबाट नै ठम्माउन सक्छौ। उनका फ्यान फलोवर र आलोचक दुवै उनको बोलीमा भने लठीन्छन् नै। उनको बोल्ने तरिका, शैली र हाउभाउ नै यस्तो छ कि कुनै पनि गलत कुरा सहि हो कि जस्तो लाग्छ। उनी आफु स्वयम प्रेरक स्पीकर पनि हुन्। त्यसैले होला उनको बोलिमा यत्तिको दम भएको।

हेर्नुहोस् टिका राम बुढाथोकिसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू