मिडियाद्वारा नै आफ्नो चरित्रहत्या गर्नको लागि सुनियोजित खेल खेलियो -रविना बादी [भिडियो सहित]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : अन्तर जातिय विवाह गरेकी रविना बादी केहि समय अगाडी न्याय खोज्न भन्दै काठमाडौ आईपुगिन्। करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओलीसंग विवाह गरेकी उनले श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएको बताईन्।

जाजरकोट एक गाउँ घर भएकी रविनाले श्यामलालसंग प्रेम विवाह गरेकी हुन। उनीहरुको प्रेम विवाह पछि एक सन्तान छ। उनीहरु दुबैले परिवारको सल्लाहमै प्रेम विवाह गरेका थिए। रबिनाका अनुसार पहिले केही समय त घर परिवारमा राम्रै थियो। तर, विस्तारै उनको परिवारमा परिवर्तन आयो।

उनीहरुले अन्तर जातिय विवाह गरेकी रुविनालाई घृणा गर्न थाले। श्रीमानले भर्खरै जन्मेको शिशु सहित पशुपतिमा अलपत्र छोडेर भागेको उनले आरोप लगाउदै केहि महिना अगाडी सामाजिक संजालबाट रुदै सार्बजनिक भएकी थिइन । उनी मिडियामा आएको धेरै समय पछी उनको श्रीमान श्याम लाल ओली सम्पर्कमा आएपछी फेरी यो बिषय व्यापक चर्चामा आएको छ ।

प्रहरी चौकीमा उनको श्रीमानले उनीहरुको कसरी बिछोड भयो भन्ने बिषयमा बोलेका कुराहरु अहिले युट्युबमा भाइरल भइरहेको छ । उक्त भिडियो सार्बजनिक भएपछि  रविनाको बढी आलोचना भएको छ । उनको श्रीमानसँगको त्यो भेट अभिसाप  नै बन्यो । जसको कारण उनी घरको न घाटको हुन पुगिन्। रविनाको आलोचना भएपछी पुन: उनि मिडियामा आएर आफ्नो दुखेसो पोखेकी छिन ।

उनलाई अहिले सबैले झुठो ठहर्याको रविनाले  गुनासो  छ । सैघाली खबरले विना अनुमति भिडियो बनाएको उनको आरोप छ। रविनाले सैघाली खबर मिडियाका एक पत्रकारसँग फोनमा कुराकानी गर्दै भनिन्,’श्यामको दाईले असिलल गाली गर्दै मलाई थुक्यो त्यो तपाईहरुले खिच्नु भएन,  म नर्म भएर श्यामसँग बोलिरहदा खिचिएन, जब म उनीहरुको अनैतिक कुराबाट आक्रोशित भए त्यही मात्र हालियो।’

गैर कानुनीरुपले मनलाग्दी भिडियो बनाएर आफुलाई नराम्रो बनाउने प्रयास भएको उनले बताईन।  मिडियाद्वारा नै आफ्नो चरित्रहत्या गर्नको लागि सुनियोजित खेल खेलेको रविनाको आरोप छ । रविनाले श्रीमानमाथी झम्टिएको भिडियो मात्रै मिडियामा देखाइयो भनेर अहिले आक्रोश पोखेकी छिन्  । बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू