मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन, ग्राण्ड फिनाले माघ २९ गते हुँदै

admin

काठमाडौँ : मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन भएको छ भने ग्राण्ड फिनाले यहि आउदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । यस प्रतियोगिताको ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय लगायत अन्य कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका थिए ।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गर्न लागिएको मिसेस एण्ड मिस गुरुङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा स्थापित गर्दै एस.के. इन्टरटेनमेन्ट प्रालिले “मिसेस एण्ड मिस गुरुङ -२०२०” आयोजना गर्दै आएको छ।

बिगत २ बर्ष देखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रालिले “मिसेस एण्ड मिस गुरुङ -२०२०” को ट्यालेन्ट राउण्ड भब्यताको साथ् सम्पन्न भएको छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै आएको छ । जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिदै आएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले गराइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराईएको थियो ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन । यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिबाहित नारि, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन ।

प्रतिक्रिया