‘मिस वर्ल्ड २०१८’ को सेमिफाइनलमा मिस नेपाल शृंखला

रिता घिसिंग

काठमाडौं : यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को उपाधिका लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल-२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

शृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेकाे जानकारी दिएकी हुन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् ।

उनले लेखेकी छिन्-‘याम्प मोडलिङ मेरो कमजोरी थियो, तर पनि टप ३० मा स्थान बनाउन पाउँदा म रोमाञ्चित भएकी छु ।, नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दछु ।’

मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा भने डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।

प्रतिक्रिया