मिस शिङ्सा-भोटिया २०२२ हुने

admin

काठमाडौँ, १७ भाद्र : अति सिमान्तकृत जाती, शिङ्सा-भोटिया महिला सशक्तीकरणको लागि बज्रकिल्या प्रोडक्सन्सले मिस शिङ्सा-भोटिया २०२२ आयोजना गर्ने भएको छ । प्रतियोगितामा नेपाल, भारत लगायत विश्व भरी छरिएर बसेका शिङ्सा-भोटिया, नावा र ल्होमी महिलाहरुले भाग लिन पाउने छन ।

यस प्रतियोगितामा सहभागी बन्न न्युनतम एस ई ई वा सो सरहको शिक्षा हासिल गरिसकेको हुनुपर्नेछ । डिजिटल अडिसन शुरु भई सकेको यस प्रतियोगिताको ग्रान्ड फिनाले भने डिसेम्बर १८ मा हुनेछ ।

विजेतालाई आकर्षक पुरस्कार दिने बताएका आयोजकले प्रतियोगिताको ग्रान्ड फिनालेको दिन यस समुदायलाई विशेष सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने जनाएको छ । यस प्रतियोगिताको ग्रान्ड फिनाले नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुनेछ भने कार्यक्रमलाई कास्ठ्मण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस बज्रकिल्या प्रोडक्सन्सका संस्थापक अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिएको छ ।

प्रतिक्रिया