कलाकार मुकुन्द थापा अस्पताल भर्ना

admin

काठमाडौं, २० साउन : कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।

घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले बताए ।

कलाकार संघकाे एक टाेली मंगलबार उनकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेकाे थियाे ।थापाले थुप्रै नेपाली चलचित्रमा भिलेनकाे रूपमा अभिनय गरेका छन् ।

प्रतिक्रिया