मुकुन्द भन्छन, ‘प्रचण्ड रिसाउँदा मैले पनि कुटाई खाएको थिए’

मनिषा थापा

पिएनपिखबर : चितवनमा निर्घात कुटपिटबाट घाइते भएका ज्ञानेन्द्र शाहीको वीरअस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। उनीमाथि भएको सांघेतिक हमलाको सर्वत्र विरोध भईरहेको छ। सामाजिक संजालमार्फत पनि चितवनमा घटेको घटनाप्रति शाहीका समर्थकहरुले विरोध गरिरहेका छन्।

शाहीको हमला पछि धेरैले स्वास्थ्य लाभको कामाना गर्दै चिन्ता व्यक्त गरिरहेका छन्। यसै विषयमा आफ्नो विचार राख्न बेला-बखतमा समाजिक संजाल तताईरहने नेकपाका पुण्य गौतम, पत्रकार दिल निशानी मगर र मुकुन्द घिमिरे एक साथ मिडियामा देखिएका छन्।

सामाजिक संजालमार्फत राजनीतिक र सामाजिक विकृति बारेमा आफ्नो खरो व्यंगात्मक धारणा राख्दै आएका मुकुन्देले ज्ञानेन्द्र शाहीले कुटाई खानु नौलो कुरा नभएको बताएका छन्। विगतमा रत्नपार्कमा भाषण गर्द प्रचण्डको रिसमा परेर आफुले पनि कुटाई खाएको घिमिरेले दुखेसो सुनाए। उनले भने, ‘त्यो बेला प्रचण्ड रिसाउँदा व्यारेकमा बम हान्थे, मुकुन्द बन्न खोज्दा ज्ञानेन्द्रको मुख फुट्यो। मेरो स्थान शाहीहरुले लिन सक्दैनन् ।’

त्यस्तै, मुकुन्दसँगै अन्तक्रियामा सहभागी जनाएका नेकपाका पुण्य गौतम र दिल निशानी मगरले भने शाहीमाथि हमला हुनु दुखद रहेको बताए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू