मुख्यमन्त्री पौडेललाई फोनमा थर्काउने युवा समातिए

admin

काठमाडौँ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग फोनमै ‘तँ तँ र म म’ गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाले मुख्यमन्त्री पौडेलसँग तँ तँ र म म’ गर्ने जल सम्पदा तथा वातावरण कोषका प्रमुख पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डेले अर्काको मोबाइलबाट फोन गरेर मुख्यमन्त्री पौडेललाई थर्काएका थिए। उनले पौडेलसँग फोनमा भनेका थिए- ‘तँलाई भोट दिएर हामीले जिताउने, अनि हाम्रो फोन नउठाउने?’ पाण्डेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया