मुम्बई श्रीमद भागवत कथाको आयोजना हुने

admin

मुम्बई : महाशिवरात्रिको अवसरमा मुम्बईमा श्रीमद भागवत कथाको आयोजना हुने भएको छ । नयाँ मुम्बई महानगरपालिका शाखा ३१ र ३२ मा सेक्टर ७ मा कथा बाचन हुने आयोजकले जानकारी दिएको छ ।

नेपाली , संस्कृत , अंग्रेजी र हिन्दी गरि ४ ओटा मा भाषामा कथा भन्दै आइरहनुभएकी अन्तर्राष्ट्रिय प्रख्यात भागवत कथा वाचिका तथा माया घर नेपालकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीबाट दिब्य भक्ति रसमय प्रवचन हुने बताइएको छ ।

कथामा नेपालबाट प्रमुख आतिथिको रुपमा विश्व हिन्दु महासंघ अन्तर्गतको ऊँकार महाअभियानका प्रमुख संयोजक श्री निक्ष शम्सेर राणा लगायत ३० जना सदस्यिय टोलीको उपस्थिती रहने छ ।

कार्यक्रमा वृन्दावनबाट विश्व हिन्दु युवा संघ भारतका राष्ट्रिय अध्यक्ष शन्त श्री नवल बिहारी शरण जी महाराजको उपस्थिति र आशिर्वचन रहने आयोजक संस्थाले जानकारी दिएको छ । साथै नेपाल र भारतका शन्त महात्माहरुको दिब्य प्रवचन समेत हुने छ ।

प्रतिक्रिया