मुलुकभर थप ८४५४ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

admin

काठमाडौं, १२ माघ : पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ५४ हजार ०८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४३३ जना कोरोना मुक्त भए, ५ संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४३३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६१ लाख ११ हजार २१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ को मृ त्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।

प्रतिक्रिया