मुलुकभर ३१०६ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

admin

काठमाडौं, १६ साउन: लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार २६३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २८० जना र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनामुक्त भए, २३ को मृ त्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख २१ हजार ८३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृ त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

प्रतिक्रिया