मुसर्रफको मृत्युदण्ड सजाय उल्टियो

admin

लाहोर : पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफविरुद्धको मृत्यु दण्डको सजाय उल्टिएको छ।लाहोर उच्च अदालतले विषेश अदालतको फैसला उल्टाएको हो। मुसर्रफलाई देशद्रोहको कसुरमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइएको थियो।

पाकिस्तानका पूर्व सैनिक प्रमुखसमेत रहेका मुसर्रफले विषेश अदालतको निर्णयविरुद्ध लाहोर उच्च अदालतमा पुनरावेदन गरेका थिए। उनले उक्त अदालतको गठनमाथि नै प्रश्न उठाएका थिए।

सैनिक कूपछि सत्तामा आएका मुसर्रफ सन् २००१ देखि सन् २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।सन् २००७ मा संविधानलाई खारेज गरि आफ्नो सत्ता लम्ब्याउन प्रयाश गरेको अभियोगमा मुसर्रफविरुद्ध देशद्रोहको आरोप लागेको थियो।

सन् २०१३ मा सुरु भएको यस सम्बन्धी अदालती सुनुवाईमा गत महिना सुरु अदालतले फैसला गरेको थियो। सन् २०१६ देशभन्दा बाहिर जान अनुमति पाएका मुसर्रफ हाल दुबईमा रहेका छन्।

प्रतिक्रिया