मूल्य वृद्धि तर अस्वस्थकर कुखुराको मासु

रिता घिसिंग

सिरहा, ६ फागुन : सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महीनायता कुखुराको मासुको मूल्यमा मूल्य अत्यधिक वृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् । सुरङ्गा नगरपालिकाको कुशहा, कदमाहालगायत वरपरका बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य एक महीनामा चारपटक बढेर अहिले प्रतिकेजी रु ३०० पुगेको छ । एक महीनाअघि प्रतिकेजी रु २०० मा विक्री हुँदै आएको मासु २८० क्रमशः बृद्धि भएर रु ३०० पुगेको हो । 

कुखुराको जस्तै खसीको मासुमा पनि मूल्य वृद्धि भएको छ । कुशहाका मासु व्यवसायी अछमित चौधरीले भन्नुभयो, स्थानीय बजारमा खसीबोका र कुखुराको उत्पादन घटेकाले मूल्य बढेको बताउँनुभयो । 

 

उपभोक्ता विधान्द चौधरीले भने व्यापारी आफैले आफूखुशी मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो । मनोमानी मूल्य वृद्धिले आफूहरुलाई मार परेको गुनासो गर्दै उहाँले मासु तथा मासुजन्य पदार्थको गुणस्तर जाँच र निगरानी राख्ने निकायको आवश्यक परेको बताउनुभयो । 

 

यस्तै व्यवस्थित पशु बधशाला निर्माण नहुँदा सुरुङ्गावासी अस्वस्थकर मासु खान बाध्य भएका छन् । नगरपालिकाको कुशहा, कदमाहा, कनकपुर लगायत स्थानमा व्यवस्थित पशु बधशाला नहँुदा ती क्षेत्र वरपरका सर्वसाधारण अस्वस्थकर मासु खान बाध्य भएका हुन् ।यी बजारका विभिन्न स्थान तथा सडक पेटीमा खुला रुपमा मासुको विक्री वितरण हँुदा पनि सम्बधित निकायले कुनै चासो नदिएको उपभोतmा बहमनारायण चौधरीले बताउनुभयोे ।  (रासस)

प्रतिक्रिया