मृगौला नै बेचेर छोराको मुटुको उपचार गर्दै रबिना बादी, यो भिडियो हेरेर कस्को आँशु थामिएला र ! [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। रविना बादी मिडिया क्षेत्रमा कुनै नौलो नाम होइन। उनी आफ्नै विभिन्न प्रोपोगान्डाले चर्चामा आइराख्छिन्। कहिले श्रीमानले बेचेको कुराले उनी चर्चामा आउछिन् त कहिले छोरा बिरामी भएको कुराले। कहिले श्रीमानसँग झगडाको कुराले मिडिया हल्लायो त कहिले मिलेको कुराले। जे होस् केहि न केहि कुराले उनी मिडियामा आइरहेकी हुन्छिन्।

भर्खरै मात्र तिहारको माहोल सकिएको छ। यस्तो रमाइलो क्षणमुनको जीवनमा भने निकै दर्दनाक घटना घटेको छ जुन घटनाले मिडियामा फेरी एक पटक हंगामा मच्चाएको छ। उनले आफ्नो बिरामी छोराको उपचार गर्नका लागि भनेर मृगौला बेचेको कुरा मिडियामा सनसनी भएको छ।

धेरै समय अघि देखि उनले आफ्नो छोराको स्वास्थ्यमा समस्या भएको कुरा बताई रहेकी थिइन्। कतिले यो खबर सत्य माने त कतिले झुट। जे नै भए पनि उनले भर्खर छोराको लागि मृगौला बेचेको खबरले चाही साच्चै उनको छोरा बिरामी नै रहेछ भन्ने कुरा शतप्रतिसत सहि रहेछ भन्ने कुरा स्पष्ट भएको छ। उपचारमा आर्थिक खर्च नजुटेको साथै आफुसँग पनि आर्थिक अवस्था निकै कम्जोर भएकाले उनी आफ्नो शरीरको अभिन्न अंग बेच्न बाध्य भएको उनले बताइन्।

उनले भनिन् ,’मैले धेरै ठाउँमा हारगुहार गरे। उसको बाबालाई पनि भने। तर केहि वास्ता गर्नुभएन। मैले बरु म पैसाको जोरजाम गर्छु तपाई कुर्न मात्र आइदिनु भन्दा पनि आइदिनु भएन। मैले सहयोग गरिदिनु हुन्छ कि कसैले भनेर धेरै हारगुहार पनि गरे तर कसैले सहयोग गरेन। मसँग भएको पैसाले पुगेन र अन्तत: मैले मृगौला बेच्ने निर्णय गरे।’

मेरोछोरा भन्दा ठुलो मेरो लागि केहि छैन भन्दै उनी भक्कनिन्। आमाको माया साच्चै अपरिहार्य हुन्छ। रबिनाले पनि यो कुरा साबित नै गरिन्। साच्चै यो उनको निर्णय चाही महान नै हो।

बाँकी कुराकानी हेर्नुहोस् भिडीयोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू