मृगौला पिडित २८ वर्षीय तीलक सहयोगको अपिल गर्दै

मनिषा थापा

पिएनपिखबर : सिन्धुपाल्चोक जिल्ला बाह्रविसेका घर भई हाल काठमाडौँ बस्दै आएका मृगौला पिडित तिलक बहादुर तामाङ उपचारका लागि सहयोगको याचना गर्दै मिडियामा आएका छन्। परिवारमा बुबा,आमा र दुई कलिला सन्तान रहेका उनको आर्थिक अवस्था निकै कमजोर छ।

२८ वर्षीय उनी मिस्त्री काम गरेर जीविका पार्जन गर्दै थिए। तर अचनाक उनको स्वास्थ्यमा समस्या देखियो। शरीर सुनिने, रगत वान्ता हुने र श्वासप्रश्वास गर्न गाह्रो हुन थाल्यो। उनले शुरुमा जांच गर्दा केहि रोग पत्ता लागेन। जांच गराएको ३ महिना पछि मात्रै मृगौला फेल भएको जानकारी पाए उनले।

डाक्टरले उनलाई डायलिसस मात्रै गरेर नहुने, मृगौला नै प्रत्यारोपण गर्नुपर्ने बताएका छन्। मृगौला प्रत्यारोपण गर्न डाक्टरले २५ लाख ठिक पार्नु भनेको कारण कसरी जुटाउने भन्ने अन्योलमा छन् उनी। विगत एक वर्ष देखि मृगौला रोगबाट पिडित उनले हप्ताको दुईपटक त डायलिसस नै गर्नुपर्छ। उनले भने, ‘घर बनाउन जम्मा पारेको ५, ६ लाख रोग पत्ता नलाग्दैमा सकियो। त्यतिले नपुगेर गाउँको जग्गा पनि बेचेर लाखौ सिध्यो। प्रत्यारोपण गर्न धेरै लाग्ने रहेछ अब सहयोगको मात्रै आश छ।’

सहयोगको लागि अपिल गर्दै उनले भने, ‘मलाई सकेको कमजोर अवस्थालाई मध्यनजर गरेर आर्थिक सहयोग गरी नयाँ जीवन बचाइदिनु भन्न चाहान्छु।’ ‘सेवा नै धर्म हो।’ तपाई र हाम्रो सानो सहयोगले तिलक तामाङले नयाँ जीवन पाउनेछन। उनलाई सहयोग गर्न चाहानुहुने महानुभावले उनको मोबाइल नम्बर ९८०३६७७२७० मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो अफिसियल पेज पिएनपिखबरडटकममा म्यासेज गर्न सक्नुहुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू