मृतक लक्ष्मीकी ५ वर्षीया छोरीले खुलाइन यस्तो सनसनीपूर्ण रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया खत्रीको गत महिना घरको  दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। मृतक लक्ष्मीको त्यो भन्दा अघि ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्। तर अहिले भने त्यो स्टाटस हटाइसकिएको छ।

दाइजो नल्याएको भन्दै करीब पाँच वर्षदेखि हिंसा सहेर बसेकी लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको हो । २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

मृतक लक्ष्मीलाई विवाह गरेको ३ महिना देखि नै परिवारबाट यातना दिँदै आएको मृतककी भाउजुले बताइन। उनले भनिन्, ‘ज्वाईले बुढीलाई दिनु पर्ने माया दिनु भएन। विदेशमा हुँदा ३ महिनासम्म पनि सम्पर्क हुदैनथ्यो। लक्ष्मीले छोरी जन्माएको १ वर्ष पछि भाउजु मलाई बाच्न मन छैन भनेकी थिइन। पहिला दाइजो चाहिदैन भनेता पनि केहि नलाएको भन्दै यातना दिने गरेपछि भान्जी दुईवर्षको हुँदा दाइजो लिएर गए।’ मृतककी भाउजुले लक्ष्मीको आत्महत्या नभई सासुले हत्या नै गरेको दावी गरेकी छिन्। उनले घटना भएको अघिल्लो दिन बिहिबार सासुले लक्ष्मीमाथि कुटपिट गरेको बताइन।

लक्ष्मीको मृत्यु पछि उनको ५ वर्षिया छोरी आमाको मायाबाट बन्चित भएकी छिन्। उनले आफ्नी आमालाई भाउजुममी भनेर बोलाउने गर्थिन भने आमालाई आमाममी भनेर सम्बोधन गर्छिन। विहिबारको झगडाबारे बताउंदै उनले भनिन्, ‘ममी माला लिन जानु भएको थियो। सानो सनोमाला फालेर आमाममीले ताला लगाई दिनु भयो। पछि ताला खोलेर आमाममीले कुट्नु भएको थियो। भाउजुममीको आँखामा सुन्निएको थियो। दिदिले खान खानु भन्दा ममी खान्न भन्नु भयो अनि माथि आएर सुत्नु भयो म पनि नखाई सुते।’

हेर्नुहोस भिडियो :

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू