मृत्यु अघि सरिताले भनेका सम्पूर्ण नालीबेली खोलिन यी छिमेकीले [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) आफ्नै कोठामा मृत फेला परेकी थिइन्। उनलाई दस्नामथी मारेर सरक्क राखिएको छिमेकीको अड्कल छ।

परिवारबाट पहिला देखि नै अपहेलना सहेकी उनले आफ्नो दुख बेदना माइतीमा कहिले पनि पोखिनन्। कर्ममा जे छ भोग्छु भनेर उनले दाई भाउजुलाई सधै आफु खुसि भएको मात्र देखाउथीन्। चाडबाडमा माइती जाँदा पनि उनको अनुहार सधै हसिलो नै हुन्थ्यो। उनीभित्र यत्ति धेरै दुख बेदना छ भने माइती पक्षका कसैले कल्पना समेत गरेका थिएनन्।

उनको आमा उनी जन्मेको ७ दिनमा बितेकी थिईन् भने उनका पिता उनी जन्मेको ११ महिनामा बितेका थिए। सानै मा टुहुरो सरिताको तिन दाई छन्। पालनपोषण, विद्यालय पढाउने देखि विवाह सम्म दाई भाउजुले नि गरिदिएका हुन्। सानैमा टुहुरो भएकाले उनको सासुले सधै बाउ आमालाई त खाइस अब मलाई नि खान आकी भनेर सधै सराप्ने गर्थीन्।

केटापट्टीको गाउँ कै लमिले सरितालाई झुक्काएर मनरोगी केटासँग मागी विवाह गरिदिएका थिए। मनारोगी मात्र नभएर सरिताका श्रीमान गाँजा समेत सेवन गर्ने रहेछन्। तर उनले श्रीमानलाई छोडेर गइनन्। मनारोगी र गजेडी श्रीमानलाई उनले सुधार केन्द्र लगेर उपचार समेत गराएकी थिइन्। उनलाई मनारोगको औषधि खुवाएकि थिइन्।

औषधि कै कारण श्रीमान कम्जोर भएकोले उनले आफ्नो परिश्रमको पैसाले श्रीमानलाई काजु बदाम किसमिस जस्ता पोषिलो खानेकुरा खुवाउने गर्थीन्। उनीहरु श्रीमान श्रीमतीको झैझगडा पर्दैनथ्यो। जे काम गर्दा पनि सँगै गर्ने, सँगै हिडडुल गर्ने गरेका एक्कासी श्रीमतीलाई श्रीमान्ले मरेको हो भनेर पत्ताउने कुरा पनि भएन र छिमेकीले पत्ताएनन् पनि।

अघिल्लो दिन सबै परिवारका सदस्य मिलेर योजनाबद्द रुपमा हत्या गरेको र षडयन्त्र गरेर श्रीमानलाई हो भन्न लगाएको छिमेकीको अड्कल छ। एक छिमेकीले खुलाशा गरिन्,’ सरिताले पहिला देखि नै मलाई मार्छन् भनेर भनेकी थिईन्।’ उनले थपिन् ,’मलाई मारेर कतै खाल्टोमा हालेछन् भने त तत्काल कसैले थाहा पाउदैनन् पछि थाहा पाउलान्। एक न एकदिन यिनीहरुले मलाई मार्छन् नै। म मरे भने यो कुरा सबलाई भनिदिनु है। ‘

भूकम्प गएको वर्ष बैशाख ७ गते विवाह गरेको भएता पनि अहिले सम्म सरिताको न विवाह दर्ता थियो न नागरिकता नै। एक सहकारीमा जागिर खान उनले नागरिकता बनाइदिन घरमा कुरा राखेकी रहेछिन्। नागरिकता भए पछि अंशियार हुन्छे भनेर परिवार सबै मिलेर मारेको गाउँलेको दावी छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू