मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टको केन्द्रीय अध्यक्षमा दिपेन्द्र चन्द ठकुरी नियुक्त

शर्मिला गुरुङ

– राजा चन्द ठकुरी

काठमाडौँ, ६ फागुन : सेवा नै धर्म हो भन्ने भावनाले अहिले रोजगारीको शिलशिलामा विश्वभरी छरिएर बसिरहनु भएका सम्पूर्ण नेपालीहरु कुनै न कुनै संघ संस्थासँग आवद्ध भएर आफुलाई सामाजिक कार्यमा उतार्न चाहन्छन्। सेवा नै धर्म हो भन्ने हिन्दुहरुको उपदेशलाई सार्थक मानी बिभिन्न नाम बाट प्रवासमा संगठनहरु खोलिदै आएका छन । त्यसै सन्दर्भमा कयौँ संगठन सस्थाहरु त सञ्चालनमा आएता पनि सहि मार्ग निर्देशन गर्ने व्यक्ति नहुँदा हराउदै गएको पनि त्यतिकै सुनिन्छ।

वि. स. २०७५ मा रजिष्ट्रेशन भएको संगठन मेचीमहाकाली प्रवासीसँग दक्षिण भारतको ब्याङ्ग्लोरमा दर्ता भएर सो संगठनले असहाय तथा प्रवासमा हुने विसंगतिसँग संघर्ष गर्ने गरी कामको थालनी गरेको थियो । शुरुवातमा कयौँ कामहरु गर्दै गए पनि अन्त्यामा संस्थापक टिममा चर्को बिबाद हुँदै संगठन भताभुङ्ग हुन पुग्यो। त्यसै सन्दर्भमा जुझारु तथा मेहनती ईमानदार युवा समाजसेवक तथा बिभिन्न संघ संगठनमा काम गर्दै आउनु भएका दिपेन्द्र चन्द ठकुरीलाई सम्पर्कमा ल्याईएको छ।

उक्त संगठनलाई एउटा गन्तव्यमा हिँडाउन सो संगठनका संस्थापक पुष्कर राज जोशी, हर्क बहादुर बम, राजेन्द्र भट्ट र दिनेश सुबेदीले छलफल गरी पुरानो समितीलाई भंग गरी सो संगठनको नयाँ केन्द्रीय समिती बनाई प्रवासमा भएका हर नेपालीका दु:ख सुखमा साथ दिनको लागि संगठन बिस्तार गरीयो । सो मितीका दिन दक्षिण भारतको कर्नाटक राज्य अन्तर्गत बेङगलोर शहरको कब्न पार्कमा सम्पुर्ण कार्यकर्ता तथा पदाधिकारीहरुको सहभागितामा भब्य स्वागत कार्यक्रम गरी नयाँ केन्द्रीय समितीको गठन गरीएको छ। सामाजिक कार्यमा धेरै अनुभव बटुलेका चन्दलाई संगठन प्रमुख तथा अन्तर्राष्ट्रिय अध्यक्ष पदमा घोषणा गरीएको थियो।

चन्दले भन्नुभयो, “विगतको दिनहरु मा मै ले सिकेको समाजिक कार्य सबैमा बाडनेछु प्रवासमा हुने विसंगति र मानव तस्करी दलालहरु देशको नाम बेचेर दलाली गर्नेहरु प्रती यो संगठनले विश्वभरि अभियान चलाउनेछ ।” नेपाली सस्कृतिलाई जगेर्न गर्दै सम्पुर्ण नेपालीसँग हातेमालो गर्दै नव युवाहरुलाई यस संगठनमा जोड्दै नयाँ युगको थालनी गर्ने उनले बताए । अहिले दिपेन्द्र चन्द ठकुरीको अध्यक्षतामा १२ जना सदस्यको टिम बनाई संगठनको कार्यक्रम आगाडी बढाउने जमर्को गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू