मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइराला नियुक्त

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १७ कात्तिक : सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रा डा कोइराला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।

उहाँ चिकित्सा शिक्षाका एक अभियानकर्मीसमेत मानिनुहुन्छ । काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

प्रा डा बाँस्कोटा आजै त्रिविको उपकुलपतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने भएकाले बैठकमा निर्णयबारे आधिकारिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया