मेयर बनेको कुकुरलाई न्यायाधीशद्वारा सपथ ग्रहण

admin

काठमाडौं, ११ फागुन : अमेरिकाको जर्जटाउन सहरमा पार्कर नामक कुकुरलाई मेयर बनाइएको छ ।  गत बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको छ ।

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेका थिए । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ गराएका थिए । कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु सहभागी भएका थिए ।

सपथसँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्करलाई पूरा पहिरनमा समारोहस्थल लगिएको थियो । समारोहका क्रममा टाई तथा क्याप र चश्मा लगाइएको पार्करको पहिरन पनि मानिसको जस्तै देखिन्थ्यो। उक्त समारोहका कयौँ तस्वीर सामाजिक सञ्चालमा  भाइरल भएका छन् ।

प्रतिक्रिया