मेरा भाइहरूले लड्डु खाएछन्, के पाउँछन् थाहा छैनः प्रधानमन्त्री ओली

admin

काठमाडौं, फागुन १२: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको मंगलबारको फैसलापछि लड्डु खाएर एकआपसमा खुसी साटासाट गरेका प्रचण्ड- नेपाललाई व्यङ्ग्य गरेका छन्।

बुधबार काठमाडौंमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने क्रममा उनले भने, ‘मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु ख्वाइख्वाइ गरेछन्। खुसी भएर, जित्यौं हामीले भनेर।

तर उनीहरुले लड्डु खाएर के पाउँछन् मलाई थाहा छैन,’ उनले भने,‘मेरो विचारमा भोलिपर्सीदेखि फेरि राजीनामा माग्नुहुन्छ कि भन्नेछ। राजीनामा देउ, राजीनामा देउ भनेर।’

प्रतिक्रिया