मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात (भिडियोसहित)

admin

काठमाडौं, २० चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छिन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् ।

मेलम्चीको पानी गएको आइतबारदेखि परीक्षणका रूपमा वितरण गर्न थालिएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक शुभारम्भ गरेकी छिन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपस्थिति जनाएका छन् ।

शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेललगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए । काठमाडौंको मीन भवन, अनामनगर, महङ्काल, खुमलटारको पानी ट्याङ्कीबाट पनि पानी वितरण भएको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा दैनिक झण्डै आठ करोड लिटर खानेपानी वितरण गरिनेछ ।

प्रतिक्रिया