मेलम्चीमा फेरि एक वर्षको वाचा, सम्झौता छिटो सके पुरस्कार नत्र जरिवाना

admin

काठमाडौं, असोज १३ : डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ ।


निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन यसअघि नै तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयेजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो ।

आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलार्य प्रोत्साहन पुरस्कारको व्यवस्था गरको बताए । समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसार जरिवाना तिर्नुपर्नेछ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

प्रतिक्रिया