मेलम्ची सराेकार समितिद्वारा नगरपालिका कार्यालय घेराउ

admin

सिन्धुपाल्चाेक, १७ साउन :  मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ । बाढी गएको ४७ दिन भइसक्दा पनि पालिका सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नुपरेको सरोकार समितिले जनाएको छ ।

पालिका सरकारको उदासीनताका कारण आन्दोलनमा उत्रनुपरेको मेलम्ची पुनर्स्थापना अभियानका अभियन्ता सागरकुमार श्रेष्ठले बताउनुभएको छ ।
यही असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको थियो ।

मेलम्ची सरोकार समितिले पनि मेलम्ची पुनर्स्थापनाकाे काम गरिरहेकाे थियाे । तर हिजाे शनिवार रातिदेखि आएकाे बाढीका कारण काम रोकिएको छ । हिजोको बाढीले मेलम्ची बजारवासीमा थप त्रास थपेको छ । खोलाले धार परिवर्तन गरिरहेकाले उनीहरू त्रसित बनेका हुन् ।

प्रतिक्रिया