मेलिना राई र माया गजुरेलको ‘भैलेनी’ गीत सार्वजनिक (भिडियाेसहित)

रिता घिसिंग

काठमाडौँ : बत्ती र फूलहरूले सजिने रमाइलो पर्व हो तिहार पर्व । कात्तिक कृष्णपक्षको त्रियोदशी तिथिबाट सुरु हुने यम पञ्चकको तेस्रो दिन औँसी पर्दछ । सोही औँसीको दिन बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी पूजा सकेर दिदीबहिनीहरू भैलेनी खेल्न गाउँघरमा जाने परम्परा छ । उक्त दिन भैलेनी खेल्ने भैलेनी दिदीबहिनीलाई लक्ष्मीका दूतका रूपमा लिने परम्परा छ । भैलेनीलाई दान दक्षिणा र सिदा दिँदा घरमा धनधान्यको वृद्धि हुने पुरानो जनविश्वास रहेको छ ।

यसैलाई आधार मानेर कृष्ण उदासीको रचना, गौरभ दर्पणको संगीत रहेको र नोर्बु शेर्पाको संगीत संयोजन (ऐरेन्ज) रहेको, त्यस्तै मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् । मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भुमिका निर्वाह गरेका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया