मैले जनताको आवाज बोले : सांसद रंगमती शाही (भिडियो)

मनिषा थापा

भक्तपुर : सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेपछि उनको निकै चर्चा भईरहेको छ। उनको उक्त अभिव्यक्तिले चर्चा मात्र पाएन आममानिसले निकै रुचाए।

गत बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनेको थिइन –  ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’

प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।

पिएनपिमिडियासँगको कुराकानीमा उनले भनिन्, ”मेरो त्यो अभिव्यक्ति व्यंगात्मक नभई सिधा थियो । यो मेरो मात्र हैन जनताको आवाज हो।” उनले प्रधानमन्त्रीको समृद्धको कुरा भाषणमा मात्र सिमित रहेको गुनासो पोखिन।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू