‘मैले दिएको आयुर्वेदिक औषधिले ठिक नहुने कोहि छैन, असर नगरे पैसा फिर्ता लानुस भन्ने गर्छु’

मनिषा थापा

पिएनपिखबर : विगत १७ वर्ष देखि ‘जुस पसल’ खोलेर बसेका छन् काभ्रेका बासुदेव ढकाल। विगतमा धेरै संघर्ष गरेका उनी जुस व्यापार मात्र नभई आज धेरैका लागि डाक्टर बनेका छन्। जुस पसलको साथ-साथै उनले आयुर्वेदिक उपचार पनि गर्ने गर्छन। स्त्री रोग, ग्यास्ट्रिक, पाइल्स, दम, युरिक एसिड, बांजोपन इत्यादिको औषधि उनी बच्ने गर्छन।

आफै तयार पारेको औषधिले कयौ विरामी निको भएको उनको दावी छ। उनी भन्छन्, ‘मैले दिएको औषधिले ठिक नहुने कोहि छैन, असर नगरे पैसा फिर्ता लानुस भन्ने गर्छु।’

घरको आर्थिक अवस्था कमजोर भएको कारण उनले १ कक्षा पनि पढ्न पाएनन्। ६ वर्षको कलिलो उमेरमा बुबा गुमाएका उनले जीवनमा निकै संघर्ष गरे। काभ्रेमा जन्मिएको उनी १ मानो चामल र ३० रुपैयाँ बोकेर श्रीमतीको साथमा केहि गर्छु भन्ने सोचले राजधानी प्रवेश गरे । शुरुवातमा उनले डेरी देखि विभिन्न ठाउँमा काम गरे। जब उनले जुस तथा आयुर्वेदिक औषधिको ब्यापार गर्न थाले त्यसपछि उनको दैनिकी सहज हुँदै गयो।

उनले आफ्नो सन्तानलाई यही पसलको आम्दानीले हुर्काए। अहिले उनको छोरा बैकमा कार्यरत छन् भने छोरीको आफ्नै पसल छ। उनले काठमाडौँमै घरजग्गा पनि जोड्न सफल भए। अहिले महिना कै २०, ३० हजार कमाउने उनी बताउछन। विगतमा धेरै दुख झेलेका उनले कहिले हार मानेनन्। निरन्तर प्रयासले आज उनी सफल र खुशी छन्।

आउनुहोस् हेरौ भिडियोमा ढकालले पिएनपिखबरसँग गरेको प्रेरणादायी कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू