मै हुँ सुदूरपश्चिम प्रदेशको इन्चार्ज : लेखराज भट्ट

admin

काठमाडौं, १२ असोज : नेकपा एमालेका स्थायी कमिटी नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गरेका छन् । १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकपछि नेता भट्टले यस्तो बताएका हुन् ।

नेता भीम रावल र भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । कार्यदलका संयोजकसमेत रहेका रावलले यो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे ।

मंगलबारको बैठकमा नेता भट्टले पार्टीको आन्तरिक एकता अझै बलियो बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदल सदस्यसमेत रहेका भट्टले बताए ।

प्रतिक्रिया