मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एकको मृ’त्यु

admin

चितवन, असाेज ५ । नारायणगढ–मुग्लिन सडकखण्डको पाँचकिलो भन्ने स्थानमा मोटरसाइकल दु’र्घ’टना हुँदा सवार एक व्यक्तिको मृ’त्यु भएको छ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने उक्त स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्र’हरीले जनाएको छ।

दु’र्घ’टनामा मोटरसाइकलमा पछाडि बसेका गोरखा शहिदलखन गाउँपालिका–५ का ४५ वर्षीय सुनबहादुर थापा मगरको मृ’त्यु भएको चितवन प्र’हरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृ’त्यु भएको हो।

घा’इते मोटरसाइकलका चालक सोही स्थानका १८ वर्षीय करण आले मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ।

प्रतिक्रिया