मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

admin

राजविराज, १८ साउन : पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसलाई उछिन्न खोज्दा मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलका चालकको मृ त्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना गम्भीर घा इते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमाहामा भएको दु र्घटनामा सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी र सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादवको सोमबार राति मृ त्यु भएको सप्तरी प्र हरीले जनाएको छ।

चौधरीले गुडाएको स.११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले गुडाएको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घा इते भएका छन्। उनीहरुको उपचार लहानमा भइरहेको छ।

बा. २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किएर दु र्घटना भएको सप्तरी प्र हरीले जनाएको छ। बस गइरहेकै दिशातर्फ जाँदै गरेको स.११ प.४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बायाँ तर्फको ह्याण्डिल बसमा ठोक्किएर अनियन्त्रित भएको डिएसपी माधवप्रसाद काफ्लेले बताए।

अनियन्त्रित भएको सो मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो। डीएसपी काफ्लेका अनुसार बुधसागर चौधरीको घ टनास्थलमै र रामशंकर यादवको सप्तऋषी अस्पताल लहानमा उपचारका क्रममा मृ त्यु भयो। मृ तकको श व लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको छ। उनीहरुको मङ्गलबार पोस्टमार्टम हुने अस्पतालले जनाएको छ।

प्रतिक्रिया