मोटरसाइकल दु’र्घट’ना: एक जनाको मृ’त्यु, एक घा’इते

राष्ट्रिय समाचार समिति

बेत्रावती, २३ असार : विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दु’र्घट’नामा एक जनाको मृ’त्यु भएको छ भने एक घा’इते भएका छन् ।

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दु’र्घटना हँुदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्र’हरी प्रमुख विकल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृ’त्यु भएको हो । दु’र्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घा’इते भएका छन् ।

उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हँुदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया