मोटरसाइकल र ट्रक ठोक्किदा डाक्टरसहित दुईको मृत्यु

admin

दाङ, १७ भदौ: पूर्वी दाङको पिपरीमा दुई वटा मोटरसाइकल र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ८ पिपरीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा सोमबार राति ८ बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल र भालुबाङबाट पश्चिमतर्फ आउँदै गरेको लु १९ प ५५०६ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । ठोक्किएर दुर्घटना भएका ती दुई मोटरसाइकलमध्ये रा ३ प २०६१ नम्बरको मोटरसाइकललाई पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कदर दिएको थियो ।

रा ३ प २०६१ नम्बरको मोटरसाइकल चालक दाङ जिल्ला लमही नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय डा.विनय चौधरीको उपचारका क्रममा साढे आठ बजे मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय बालकृष्ण भण्डारीको पनि साढे आठ बजे नै मृत्यु भएको प्रहरीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

डा.चौधरी र भण्डारीको उपचारका क्रममा लमहीस्थित अस्पतालमा मृत्यु भएको थियो । लु १९ प ५५०६ नम्बरको मोटरसाइकलका चालक दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष २७ का दीपक मरासिनीको खुट्टा र हातमा चोट लागेको छ । उनको सिसहनियाँस्थित विष्ट पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया