मोडल खुस्बु ओलीलाई दुई बर्ष कैद

admin

काठमाडौं : प्रहरी ईन्काउण्टरमा मारिएका कुख्यात डन दिनेश अधिकारी उर्फ ‘चरी’ को प्रेमिकाका रुपमा चिनिएकी मोडेल खुस्बु ओलीेलाई जिल्ला अदालत काठमाडौंले दुई बर्ष कैदको फैसला सुनाएको छ ।

उनले सप्तरीको राजविराज-८ घर भएका गोपाल कटुवालसँग दुई बर्षअघि जग्गा किन्न भन्दै लिएको ३६ लाख रुपैयाँ फिर्ता नगरेपछि उनले प्रमाणसहित अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले मोडल खुस्बुलाई दोषी ठहर गर्दै शुक्रबार दुई बर्ष कैदको फैसला सुनाएको हो । खुस्बुले दिएको चेक पनि पटक-पटक बाउन्स भएपछि पीडित कटुवाल अदालतको शरणमा पुगेका थिए । खुस्बु भने सम्पर्कविहिन भएकी थिइन् ।

प्रतिक्रिया