मोनी रोयले सर्जरी गरेर ओठ ठूलो बनाएपछि भद्दा कमेन्टको वर्षात ! भनियो सुँगुरको ओठ

रिता घिसिंग

एजेन्सी : मोनी रोय टेलिभिजन क्षेत्रकी चर्चित नायिकाको रुपमा चिनिन्छिन्। अहिले उनी टेलिभिजनमा मात्र सिमित नभई बलिउडमा पनि छाउन थालिसकेकी छिन्। सीरियल ‘नागिन’ बाट मोनीले धेरैनै चर्चा बटुल्न सफल भइन्। साथै उनको बलिउड डेब्यु पनि सुखदनै रह्यो। फिल्म ‘गोल्ड’ बाट बलिउडमा डेब्यु गरेकी मोनीले यस चलचित्रमा गरेको अभिनयको कारण चर्चाको विषय पनि बनिन्।

सानो पर्दामा बोल्ड अभिनेत्रीको छबि बनाउन सफल मोनी सामाजिक संजालमा पनि धेरै सक्रिय छिन्। र्याम्पमा पनि उत्तिकै छाएकी मोनी कहिले काहीं सामाजिक संजालमा ट्रोलको विषय पनि बन्ने गरेकी छिन्।

केहि वर्ष भित्रै आफूमा धेरै परिवर्तन ल्याइसकेकी मोनीले केहि समय अगाडी ओठको सर्जरी गराएकी थिइन्। पछिल्लो केहि तस्विरहरुमा मोनिको ओठ केहि ठूलो देखिएपछि सामाजिक संजालमा व्यापक ट्रोल भैरहेको छ।

“फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइल अवार्ड्स” पुगेकी मोनीका केहि तस्विरहरु ट्रोलको विषय बनेका छन्। ओठ आकर्षक देखाउनको लागि पहिलानै सर्जरी गराइसकेकी मोनीले फेरी एकपटक सर्जरी त गरिनन् भन्दै धेरैले प्रश्न गरिरहेका छन्।

ओठ सामान्य भन्दा धेरै ठूलो देखिएपछि उनी माथि भद्दा कमेन्ट गरिएको समेत देख्न सकिन्छ। केहिले त उनका तस्विरमा “सुँगुरका ओठ” भन्दै पनि कमेन्ट गरेका छन्।

पटक-पटक ओठको सर्जरी गराएको प्रति धेरैले असहमति जनाइरहेका छन्। त्यहि क्रममा एक व्यक्ति लेख्छन्,” मोनीको ओठ भन्दा त सुँगुरको ओठ राम्रो हुन्छ।”

यी र यस्ता भद्दा कमेन्टहरु उनी माथि प्रहार भएको सामाजिक संजालमा देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू