मोबाईलमा अश्लिल सन्देश पठाएर लाखौं बार्गेनिङ, मिडियालाई समेत धम्की (भिडियो)

admin

काठमाडौं : अन्जु पौडेलको मोबाईलमा अश्लिल सन्देश आयो । कोही कसैले झुकिएर पठाएको वा नियतबस हो भन्ने कुरा थाहा भएन ।

पछि उनका पति नारायणप्रसाद पौडेलले उक्त म्यासेज पठाउनेप्रति मुद्धा हाले । प्रहरीले अनुसन्धान गर्दैछ । जसले म्यासेज पठाएको भनिएको थियो उनले उक्त म्यासेज आफूले नभई अन्जुकै श्रीमानले पठाएको बताएका छन् ।

उनीहरुले उक्त म्यासेज देखाएर ४० लाख रुपैया मागेको समेत बताए । ४० लाख नदिएपछि जबरजस्ती करणी भनी मुद्दा हालेर अझै बार्गेनिङ गरिहेको पीडित मध्येकी एक कल्पना केसी बताउँछिन् ।

बयान फेर्ने नाममा लाख रुपैया नारायण पौडेललाई दिएको उनको दाबी छ । पैसाको श्रीमती अन्जु पौडेल प्रयोग गरी आफ्नो श्रीमान्लाई फसाईएको उनको आरोप छ ।

यता नारायण पौडेल भने उनीहरुसंग आफ्नो व्यवसायीक कारोबार रहेकाले पैसा दिनुपर्ने बताउँदै आएका छन् । उनीहरुले आफ्नो श्रीमतीसंग नाजायज सम्बन्ध राख्ने नियतका साथ त्यस्ता म्यासेज आएको समेत बताए ।

हेर्नुहोस् यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू