मौसममा सुधार पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने

admin

काठमाडौं, २९ चैत : केही दिनदेखि तुवाँलोले धुम्म रहेको मौसम सुधार हुँदै गएको छ । आइतबार बिहानैदेखि देशका धेरैजसो ठाउँमा घाम लाग्न सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको मौसम सफा नै रहेपनि स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले पहाडी क्षेत्रका केहि ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । दिउँसोपछि पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित क्षणिक पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम भने सफा रहने र मौसम परिवर्तनको खासै सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ ।

प्रतिक्रिया