म्यानमारबाट आएका २६ जनालाई होल्डिङ सेन्टरमा राखियो

admin

काठमाडौं, २३ जेठ : म्यानमारबाट आएका २६ जना नेपालीलाई काठमाडौंको बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखिएको छ ।

त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको बसमार्फत् उनीहरूलाई सिधै बसुन्धारास्थित यती इभेन्ट्सको भवनमा लगिएको हो । सेन्टरमा उनीहरूको ज्वरो जाँच गरिएको थियो । उनीहरू त्यहाँ रहँदाको सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्नेछ ।

कोभिड-१९ को संकटपछि विदेशमा रहेका नेपाली पहिलोपटक आएका हुन् । उनीहरूको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ। उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सिसिएमसीको बैठकले निर्णय गर्नेछ । सम्बद्ध स्थानीय तहमार्फत् उनीहरूको व्यवस्थापन तथा निगरानी हुनेछ ।

उनीहरुलाई कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस मानेजमेन्ट सेन्टर (सीसीएमसी)को संयोजनामा काडमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा होल्डिङ सेन्टर बनाई केही समय राख्ने र सम्बन्धित प्रदेश सरकार मार्फत स्थानीय तहसम्म पुर्‍याई क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया