म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गो’ली चलाउँदा कम्तीमा तीन जनाको ज्यान गयो

admin

एजेन्सी, १६ फागुन : म्यानमारमा प्रहरीले चलाएको गो’ली लागेर कम्तीमा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अ’श्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गो’ली चलेको र मृतकको संख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ ।

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गइसकेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ ।

म्यानमारमा एक वर्षका लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।

प्रतिक्रिया