म केपी ओलीको पक्षधर पनि होईन, हामी निर्वाचनको प्रक्रियाबाट भाग्दैनौं : नेता साउद (अन्तरवार्ता)

admin

काठमाडौं, ६ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले मंगलबार बैतडीमा आफूसहित कांग्रेसका नेता तथा कार्यकर्तामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर कार्यकर्ताहरुले गरेका आ’क्रमणको निन्दा गरेका छन् । आफूहरुले शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको अवस्थामा ओली पक्षधर युवाहरुले ढुं’गामुढा गरेको साउदले सुनाए । आफूहरुले संयमता नअपनाएको भए मंगलबार अप्रिय र ठूलो घट्ना घट्ने थियो भन्ने उनको भनाई छ ।

उनले प्रधानमन्त्री आलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई पार्टीले अलोकतान्त्रिक र असंवैधानिक कदमको संज्ञा दिईसकेकोले आफूहरु अदालतको फैसलाको पर्खाईमा रहेको सुनाए । तर, कांग्रेस प्रतिपक्षी दल भएको नाताले चुनावी प्रक्रियाबाट नभाग्ने उनले सुनाए । बुधबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमको कुराकानीमा उनले आफू प्रधानमन्त्री ओलीको कदमको पक्षपाती नभएको पनि स्पष्ट पारे । प्रस्तुत छ नेता साउदसँगको कुराकानी सम्पादित अंश :-

हिजो (मंगलबार) बैतडीमा के भयो ? तपाईँमाथि क-कसले आ’क्रमण गरे ? विस्तृतमा बताउनुहोस त ?

‘हिजो आमसभाको सिलसिलामा बैतडी र दार्चुलाको सिमाक्षेत्रमा रहेको ठुलासैनी गाउँपालिकामा कार्यक्रम गर्दैथियौं । हाम्रो कार्यक्रम शान्तिपूर्ण तरिकाले भैरहेको थियो । मूलतः अहिलेको सरकारको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा केन्द्रित थियो । हजारौंको सहभागिता रहेको विशाल आमसभा थियो । त्यो आमसभामा एक्कासी केही व्यक्ति कालो ब्यानरका साथ आए । ती व्यक्तिहरु नेकपा खासगरी सरकार समर्थक हुन् ।’

‘उनीहरुले एक्कासी आ’क्रमण गरे । आ’क्रमणभन्दा अगाडि कुनै विवाद भएको थियो कि ? भनेर पत्ता लगाउँदा खासमा कुनैपनि विवाद भएको रहनेछ । हाम्रो कार्यक्रम शान्तिपुर्ण रूपमा सञ्चालन हुँदैथियो । नेकपाका करिब एक/दुई सय मान्छे पहिलापनि जम्मा भएका थिए । र, हिजोपनि जम्मा हुने कार्यक्रम थियो । त्यसैलाई लक्षित गरेर आ’क्रमण गरे ।’

तपाईँ त प्रधानमन्त्री केपी ओलीको पक्षमा हुनुहुन्थ्यो, चुनाव हुन्छ, चुनावको विकल्प छैन भन्नुहुन्थ्यो । तर, तपाईँमाथि नै ओलीका मान्छेले किन आ’क्रमण गरे त ?

‘म केपी ओलीको पक्षधर पनि होईन, र मैले केपी ओलीले जे गरेका छन् त्यो ठिक गरेका छन् भनेको पनि छैन । हाम्रो पार्टीले नै मूल्यांकन गरेर प्रधानमन्त्री केपी ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक छ भनेर निर्णय गरिसकेको छ । मैले यत्तिमात्रै भनेको हो कि-संसद् विघटन भइसकेपछि फेरि पूनःस्थापना गर्ने हो भनेपनि विकृतिहरू आउँछन् । केही जटिलता आउँछन् । मुलुकको राजनीति फेरी अस्थिरताको बाटोतिर जानसक्छ । त्यसकारण अबको निकास भनेको निर्वाचन हो । र, निर्वाचनमा जाँदाखेरि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि हुनसक्छ । त्यसकारण हामीले निर्वाचनको प्रक्रियाबाट प्रतिपक्ष पार्टीले भाग्ने कुरापनि भएन ।’

‘त्यसैले मैले आफनो दृष्टीकोण राख्दै आएको थिएँ । तर, एकाएक यो घटना किन भयो ? के उद्देश्यले भयो ? त्यसका बारेमा चाहीँ म आँफै अचम्मित छु । साथीहरु पनि अचम्मित हुनुहुन्छ । शान्तिपूर्ण रूपमा हाम्रो कार्यक्रम भैरहेको थियो । एक्कासी कालो झण्डा र ढुं’ङ्गामुढा गर्दै उहाँहरु हाम्रो कार्यक्रममा आउनुभयो । बढो अलोकप्रिय र अशिष्ट तरिकाले उहाँहरु आउनुभयो । त्यो कार्यक्रममा म पनि थिएँ, हाम्रो केन्द्रीय सदस्य महिला नेतृ डा. डीला संग्रौला पनि हुनुहुन्थ्यो । पार्टीका अध्यक्ष नरेन्द्र थापाजी हुनुहुन्थ्यो । प्रदेशका सांसद् नन्दा बमजी निर्मला थापाजी हुनुहुन्थ्यो । पार्टीका नेता/कार्यकर्ता धेरै जना हुनुहुन्थ्यो । बैतडीका प्रमुख र उप-प्रमुख सबै जना हुनुहुन्थ्यो । पूर्वमन्त्री नरबहादुर चन्द्रजी, पूर्व मन्त्री केशवबहादुर चन्द्रजी, त्यसमा नैनसिंह महरजी पनि त्यही कार्यक्रममा हुनुहुन्थ्यो । हामी सबैजना स्वभाविक रूपले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका थियौं ।’

‘त्यसकारण त्यो कार्यक्रममा एकाएक उहाँहरु आएर ढुं’गामुढा गर्नुको कारण के थियो ? कतिपय साथीहरु उहाँहरुको पार्टी छोडेर हाम्रो पार्टीमा प्रवेश गरिरहेका थिए, त्यसकारणले उनीहरु प्रतिकारमा आएको हुन सक्दछन् । त्यहाँ त पहिले पनि अरु कुनै पार्टीका कार्यक्रम हुँदाखेरी पनि त्यस्त कुराहरु भईनै रहन्थे अरे । विशेष गरेर नेकपाका अध्यक्षको गृहक्षेत्र रहेछ । जसलाई प्रधानमन्त्री केपी ओलीले आफनो केन्द्रीय सदस्य पनि बनाउनुभएको छ । उहाँहरुको परिवारको पनि त्यो कार्यक्रममा देखिएको हुनाले यसमा सरकार पक्षेधरहरुकै संलग्नता रहेको हुनाले अहिलेको अवस्तामा निर्वाचनको वातावरण सुनिश्चित गर्नुपर्ने, या अदालतले निर्णय गरिसकेपछि । अदालतको जुन निर्णय गरिसकेपछि अदालतको जुन निर्णय छ ।’

‘त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा अगाडि बढ्नुपर्नेमा यो निर्वाचनको वातावरणलाई विथोल्ने, शान्तिपूर्वक भेला हुन पाउने संबैधानिक अधिकारका विरूद्वमा क्रियाशिल हुने, जुन चरित्र अहिलेका सरकार पक्षले नै देखाईराखेका छन् । यसले यिनीहरुको निर्वाचन गर्ने कुरामा पनि शंका उब्जेको छ । हामीले यो घटनाको गम्भीर रुपमा निन्दा गरेका छौं । उनीहरुले त्यो कार्यक्रममा पटक-पटक प्रहार गरिसकेपछि, हाम्रा साथीहरुले प्रतिरोध नगरेको भए ठुलो घट्ना हुने सम्भावना थियो । नेविसंघका साथीहरु, तरुण दलका साथीहरुले प्रतिकार गर्नुभयो ।’

तपाई संसद् विघटनको पक्षमा हुनुहुन्छ, अनि आज केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । निर्णय के आउला ?

‘हाम्रो पार्टीले निर्णय गरिसकेको छ । हामी कानुनी शाासन मान्छौँ । हामी कानुनी राज्य मान्छौँ । विधिको शासन मान्छौँ । प्रधानमन्त्रीले संसद् विघटन गर्न पाईन्छ कि पाईदैन थियो ? मध्यावति निर्वाचनको लागि भन्ने विषयमा निरूपण गर्ने अन्तिम थलो चाहीँ संवैधानिक अदालत हो । संवैधानिक ईजलासले संविधानका बारेमा, संविधानको व्याख्या र संविधानमा भएको द्धिविधाको बारेमा यदि कुनै अस्पष्टता छ भने अन्तिम निरूपण गर्ने ठाउँ भनेको सर्वोच्च अदालत नै हो । त्यो संवैधानिक अदालत हो ।’

‘संवैधानिक अदालतले भनेको कुरालाई नेपाली कांग्रेसले मान्छ भनेर हामीले भनिसकेका छौँ । जहाँसम्म आजको केन्द्रीय कार्यसमितिको बैठकको कुरा छ, मूलतः हाम्रो पार्टीको १४औं महाधिवेशन फागुन सात गतेदेखि ११ गतेसम्म गर्ने भनेका थियौं । कोरोनाका कारणले त्यो निर्णयानुसार समायोजनको काम पनि टुँग्गिन सकेन । त्यो कारणले पनि र बीचमा निर्वाचनको घोषणा भयो । त्यो कारणले पनि र नेपालको संविधानमा छ महिनाभन्दा बढि म्याद थप्न नपाइने व्यवस्था गरेको छ । त्यसैले हाम्रो छ महिना भदौभित्र पुग्ने भएको हुनाले त्यो समयभित्र अधिवेसन गर्न सकिन्छ भनेर ।’

आजको बैठकको एजेन्डा के हो ? संसद् पूनःस्थापनाको पक्षमा कांग्रेस जान्छ कि जाँदैन् ? निर्वाचनको पक्षमा कांग्रेसले कस्तो निर्णय गर्छ ? र महाअधिवेशन कहिले हुन्छ ? 

‘निर्वाचनको बारेमा त नेपाली कांग्रेसले प्रष्ट निर्णय गरेको छ । प्रधानमन्त्रीको जुन असंवैधानिक निर्णय छ । त्यो प्रजातान्तिक होइन् । त्यो संवैधानिक हाईन । यसको संवैधानिकताको बारेमा एउटै पार्टीले निर्णय गरेर निक्र्यौल निस्कने कुरापनि होईन । यसको अन्तिम निर्णय अदालतले दिन्छ र अदालतको निर्णय प्रतिनिधिसभा पूनःस्थापन भएपनि र विघटन भएपनि यसलाई नेपाली कांग्रेसले कार्यान्वयन गर्छ भन्ने कसरा नेपाली कांग्रेसले प्रतिवद्धता गरिसकेको छ ।’

‘प्रतिनिधिसभा विघटन गरिसकेपछि पनि निर्वाचनलाई सुनिश्चित गर्ने काममा पनि हामी केन्द्रीत हुनुपर्छ । विशेष गरेर सरकारले, प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने तर निर्धारित समयमा यदि निर्वाचन हुन सकेन, विशेष गरेर असार पाँच गतेभित्र निर्वाचन गराउन सकेन भने देश ठुलै संवैधानिक संकटमा जान्छ । यो दुर्घटनालाई रोक्नको लागि पनि सरकारले र संवैधानिक निकायहरुले विश्वास नेपाली जनतालाई दिन सक्नुपर्दछ । हाम्रो मुलुक प्रजातान्त्रिक र संवैधानिक ट्रयाकबाट बाहिर गएको छैन ।’

संसद् पुनःस्थापना नभएपनि निर्वाचन हुनुपर्छ भन्ने यहाँको भनाई हो ?

होईन संसद् पूनःस्थापना र यसको वैधानिकताको बारेमा अदालतले निर्णय गर्छ । कांग्रेस प्रतिपक्ष पार्टी भएको हुनाले हामी निर्वाचनको प्रक्रियाबाट भाग्दैनौं ।

प्रतिक्रिया