म पनि एलिजाको खुट्टा ढोग्न तयार छु : ऋषि धमला

मनिषा थापा

पिएनपिखबर : बेलाबखतमा आफ्नो खरो प्रश्न राखेर विवादमा आइरहने टेलिभिजन प्रस्तोता ऋषि धमला फेरी एकपटक विवादित बनेका छन्। उनले तीजको दिन आफ्नो श्रीमतीलाई खुट्टाको पानी खुवाएर विवादमा आएका हुन्।

हरितालिका तीजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको धेरै आलोचना गरेका छन्। कतिले ऋषिले एलिजामाथि सामन्ती व्यवहार देखाएको बताए ।

यस बारे उनले प्रष्ट पार्दै भने, ‘एलिजाजीलाई मैले कुनै काममा करकाप गरेको छैन। उनको स्वइच्छले खुट्टाको पानी खाएकी हुन्। म पनि एलिजाको खुट्टा ढोग्न तयार छु।’ उनले आफुमा केहि कमजोरी रहेको भए सुधार्ने बताउदै आलोचना गर्नेहरुलाई राम्रा कामको पनि टिक्काटिप्पणी गर्न सुझाब दिए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू