यति महँगो ठाउँमा हुदैछ दीपिका र रणवीरको विवाह, एक दिनको भाडा नै २५ लाख

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको १४ र १५ नोभेम्बरमा बिवाह गर्ने तय भएको छ। साथै उनीहरुले विवाहका लागि स्थान पनि तय गरि सकेका छन् । उनीहरुको विवाह इटलीको लेक कोमोमा हुनेछ।

स्रोतका अनुसार उनीहरुको विवाह आलिसान भिला डेल बालडियानेलोमा विवाह हुनेछ । विवाहमा करिब ३० जना पाहुना सहभागी हुने खबर छ। उनीहरुको विवाहमा विशेष पाहुनालाई मात्र विवाहमा निमन्त्रणा दिइने बताइएको छ।

समुन्द्र र इन्द्रधनुषले सजिएको यस महलमा कयौँ अन्तराष्ट्रिय स्तरका चर्चित स्टारले विवाह गरिसकेका छन्। यस होटेलको भाडा प्रतिदिन साढे आठ लाख देखि २५ लाख भारुसम्म रहेको छ। विवाह पछि रणवीर र दीपिकाको रिसेप्शन पार्टी भारतमा हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू